Friday, March 13

अझै तीन दिन भारी वर्षाको सम्भावना

नेपाल अखबार, काठमाडाैं। एक हप्ताभन्दा बढी समयदेखि दशेभर जारी वर्षा अझै केही दिन नरोकिने देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै कम्तीमा तीन दिन वर्षा जारी रहने सम्भावना छ।
महाशाखाले आज (मंगलबार) बिहान जारी गरेको तीन दिनको अनुमानित मौसमी बुलेटिनमा बिहीबारसम्मै झरी जारी रहने र विभिन्न स्थानमा भारी वर्षासमेत भइरहने उल्लेख छ।
बुलेटिनअनुसार अहिले बिहान पनि देशभर मौसम बदली भएको छ भने केही स्थानमा पानी परिरहेकै छ। यस्तै आज दिउँसो धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ का एक(दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ।
राति पनि सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ भने प्रदेश १, बागती र प्रदेश ५ का थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
आजसमेत आगामी तीन दिनको मौसम पूर्वानुमान
असार १६ गते (मंगलबार)
दिउँसोः देशका सबै प्रदेशमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः देशको सबै प्रदेशमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
असार १७ गते (बुधबार)
दिउँसोः देशका सबै प्रदेशमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
रातिः देशका सबै प्रदेशमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
असार १८ गते (बिहीबार)
दिउँसोः देशका सबै प्रदेशमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः देशका सबै प्रदेशमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *