Saturday, August 1

प्रधानसेनापति सिग्देल मंसिर २६ गते भारत जाँदै

नेपालअखबार,काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले यही मंसिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमण गर्ने भएका छन्।

Advertisement

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारत भ्रमणमा जाने कार्यक्रम तय गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

Advertisement
Advertisement

भ्रमणका क्रममा उनी भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित हुने जनाइएको छ।

Advertisement

सो अवसरमा प्रधानसेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने पनि निर्देशनालयले जनाएको छ।