Thursday, July 9

मन्त्री भण्डारी र समकक्षी भारतीय मन्त्री जोशीबिच भेटवार्ता

नेपालअखबार,काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतका समकक्षी उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशीबिच बुधबार साँझ नयाँदिल्लीमा भेटवार्ता भएको छ ।

Advertisement

नयाँ दिल्लीस्थित मन्त्री जोशीकै कार्यकक्षमा भएको भेटका क्रममा दुवै मन्त्रीले नेपाली कम्पनीहरूको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआइएस) प्रमाणीकरण र नवीकरणीय तथा अत्यावश्यक खाद्यवस्तु गहुँ, धान र चिनी आयातमा सहजीकरण गर्नेलगायत द्धिपक्षीय हितका विषयमा छलफल गरेका थिए ।

Advertisement
Advertisement

मन्त्री भण्डारीले सो क्रममा भारतबाट नेपाल भित्रिने अत्यावश्यक वस्तुको आयातमा सहजता प्रदान गर्न मन्त्री जोशीको ध्यानाकर्षण गराउँदै सहजिकरणका विषयमा सकारात्मक छलफल भएको भ्रमण टोलीमा सहभागी उद्योग मन्त्रालयका उपसचिव तर्कराज भट्टले जानकारी दिए ।

Advertisement

यस्तै मन्त्री भण्डारीले नेपाली उत्पादित वस्तुको भारत निकासीमा सहजीकरण तथा बजारीकरणका सम्बन्धमा पनि समकक्षी जोशीको ध्यानाकर्षण गराएका थिए । सो क्रममा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड र नेपाल गुणस्तर तथा नापतौल विभागबीच आवश्यक सहकार्यका विषयमा पनि छलफल भएको जनाइएको छ ।