Friday, March 13

चीनमै फेला पर्‍याे महामारी फैलिन सक्ने अर्काे नयाँ भाइरस, सचेत रहन वैज्ञानिकको आग्रह

कोरोना भाइरसले विश्व पीडित र आतंकित भइरहेका बेला यसको उद्गम मानिने चीनमै फेरि अर्काे नयाँ खालको भाइरस फेला परेको वैज्ञानिकले बताएका छन्।
यो भाइरसले पनि मानवमा संक्रमण गरी महामारीको रूप लिन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
फ्लु गराउने यो भाइरस सुँगुरमा पाइएको हो। जुन फ्लू मानिसमा सरेपछि महामारीका रूपमा फैलिन सक्ने देखिएको वैज्ञानिकले चेतावनी दिएका छन्।
प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेसको जर्नलमा लेख्दै वैज्ञानिकले भनेका छन्,‘सँगुरमा भाइरस नियन्त्रण तथा सुँगुरपालनमा संलग्न श्रमिकको निगरानी तत्काल थाल्न जरुरी छ।’
‘तत्कालै यो समस्या होइन,’ अनुसन्धानकर्ताले भनेका छन्, ‘तर यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुण पाइएका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी छ।’
बीबीसीका अनुसार यो भाइरसले आफ्नो स्वरूप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन्।
यो भाइरसमा मानिसलाई संक्रमित गराउन सक्ने, तीव्र रूपमा फैलिन सक्नेलगायतका सबै खालका सम्भावना देखिएको वैज्ञानिकले बताएका छन्।
यो नयाँ भाइरस भएकाले यसविरुद्ध मानिसमा प्रतिरोधात्मक क्षमता नहुने भन्दै सचेत रहन वैज्ञानिकले चेतावनी दिएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *