Sunday, April 26

गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण गर्यो।

नेपाल अखबार,   काठमाडाैं।  गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको निशुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको हामी सबैलाई थाहा नै छ।
अबका दिनहरु मा यसै फाउण्डेशनले निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ-सस्थाहरु मार्फत गर्ने जमर्को गर्दै आज सोमवार, जुन २९, २०२० वाट सुरु गर्दै ६ प्यालेट्स शुद्व दुध वितरण गरेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिए। रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरी निशुल्क शुद्व दुध वितरण गरिएको हो। वहाँ ले यसै फाउण्डेशन लाई ६ प्यालेट्स शुद्व दुध, प्रतेक प्यालेट मा १९२ ग्यालन गरि जम्मा १,१५२ ग्यालन अर्थात् ४३६० लिटर शुद्व दुध सहयोग स्वरुप प्रधान गर्नु भएको थियो भने विभिन्न संघ-सस्थाका प्रतिनिधिहरुले आफ्नै सवारी साधन, जम्मा १४ वटा कार लिएर वेरहाउस बाट आफैं उठाउनु भएको थियो।
आज यसै कार्यक्रममा नेपाल अमेरिकन कलाकार संघकालाई मेडिया कोओर्डीनेटर पुष्कर बराल मार्फत २० ग्यालन दुध, रिजहुड नेपालिज सोसाईटिलाई यसै संस्थाका सदस्य एवम् नेजससअ न्यूयोर्कका पूर्व संयोजक विनोद सुवेदी मार्फत ६० ग्यालन दुध, नेपाल तरुण दल अमेरिकालाई यसै संस्थाका उपाध्यक्ष अनन्तराज सुवेदि मार्फत ६० ग्यालन दुध, युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरलाई यसै संस्थाका अध्यक्ष केशव राम राई मार्फत ६० ग्यालन दुध, घ्याल्सुम्दो सेवा संस्था अमेरिकालाई यसै फाउण्डेशनका केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा मार्फत ६० ग्यालन दुध, नेजससअ-न्युयोर्क(NPRCA-NY)लाई सचिव अनिल पाण्डे मार्फत ४० ग्यालन दुध, तनहु समाज अमेरिका न्युयोर्कका प्रतिनिधि होम बहादुर गुरूड्ग मार्फत ४० ग्यालन दुध, स्याङ्जा समाज अमेरिकालाई, प्रतिनिधि दिेनेश भण्डारि मार्फत ४० ग्यालन दुध गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले हस्तान्तरण गरेको थियो। फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा र केन्द्रीय सदस्य सूर्य सीमखडा खटिएका थिए भने रेखा श्रेष्ठ, दिपक गौतम, रविन बिराडी, लक्ष्मण पुन, प्रधुम्न रायमाझी, प्रेमलाल बुढा मगर, ईन्डीयन कम्युनिटीवाट सत्नाम लाल सिहं लगायतले स्वयमसेवी रुपमा सहयोग गरेका थिए। बाँकी रहेको शुद्व दुध टेस्ट अफ लाहोर रेस्टुरेन्ट की प्रोप्राइटर रेखा श्रेष्ठले रेस्टुरेन्टकै फ्रिज उपलब्ध गराइ भण्डारण गर्न सहयोग गर्नु भयो र भोलि पुनः वितरण गरिने छ। गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन र टेस्ट अफ लाहोर रेस्टुरेन्ट की प्रोप्राइटर रेखा श्रेष्ठ लाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *