Sunday, July 5

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चार वटा उपसमिति गठन

नेपालअखबार,काठमाडौं। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चार वटा उपसमिति गठन गरेको छ।सिंहदरबारमा बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले ४ वटा उपसमिति गठन गरेको हो ।

Advertisement

प्रत्येक समितिमा ७ सदस्य रहने समितिका सभापति अम्बर बहादुर थापाले बताए । उनका अनुसार स्वास्थ्य तथा जनसंख्या अध्ययन उपसमिति, युवा तथा खेलकुद अध्ययन उपसमिति, शिक्षा, विज्ञान तथा प्रविधि अध्ययन उपसमिति र सञ्चार तथा सूचना प्रविधि अध्ययन उपसमिति बनाइएको हो ।

Advertisement
Advertisement

उक्त उपसमितिहरुको कार्यादेश आफ्नो क्षेत्राधिकार भित्र पर्ने निकायहरुको नीति तथा कार्यक्रम, स्रोत परिचालन तथा व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, सरकारी आश्वासन, प्रत्यायोजित विधायन तथा ती निकायहरुका अन्य कामकारवाही एवं क्रियाकलापहरुको अध्ययन गर्ने रहेको छ ।

Advertisement

सम्बन्धी सबै कार्यहरु गर्न सक्ने, अध्ययनको सिलसिलामा कुनै व्यवधान तथा समस्या सिर्जना भएमा समिति समक्ष पेश गरी समितिको निर्देशानुसार गर्ने, स्थलगत अवलोकन गर्दा तथा संघीय संसद भवन र संघीय संसद सचिवालय परिसर बाहिर अन्तक्रिया कार्यक्रम गर्दा सभापतिको अनुमति लिनुपर्ने तथा अध्ययनको सिलसिलामा सम्बन्धित निकायबाट विवरण माग गर्ने, ती निकायका पदाधिकारीलाई समितिमा आमन्त्रण गरी छलफल गर्ने लगायतका समितिलाई भएका अधिकारहरुको प्रयोग गर्न सक्नेछ ।

संयोजक तोक्ने जिम्मा उपसमितिलाई दिइएको छ । उपसमितिको पहिलो बैठक जेष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ ।