Sunday, July 5

स्रोत नखुलेको ६८ लाखसहित काठमाडौंबाट ४ जना पक्राउ

नेपालअखबार,काठमाडौं ।  काठमाडौंमा स्रोत नखुलेको ६८ लाख रूपैयाँसहित ४ जना पक्राउ परेका छन्।

Advertisement

काठमाडौं महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, महानगरपालिका-१० का १८ वर्षीय एक किशोर,  महानगरपालिका-७ का ३२ वर्षीय प्रवेशकुमार पौडेल र  र झापा बिर्तामोड नगरपालिका-५ घर भएका २७ वर्षीय युवराज सुवेदी पक्राउ परेका हुन्।

Advertisement
Advertisement

उनीहरूलाई मंगलबार राति प्रहरी वृत गौशलाबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

Advertisement

उनका अनुसार प्रदेश.३-०१-०२२ च १९७२ नम्बरको कारमा सवार रहेका उनीहरूको साथबाट स्रोत नखुलेको रकम भेटिएपछि नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट रकम उल्लेख गरिएको ५ थान चेक, ५ थान मोबाइल बरामद गरिएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए।