Friday, July 31

उपयोग भएन ४० लाख खर्चेर बनाइएको आयुर्वेद औषधालय भवन

नेपालअखबार,नवलपरासी। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा रु ४० लाख लागतमा निर्माण गरिएको पाल्ही आयुर्वेद औषधालय भवन उपयोगविहीन भएको छ।

Advertisement

पाल्हीनन्दन गाउँपालिकाले निर्माण गरेको पाल्ही आयुर्वेद औषधालय भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको छ।

Advertisement
Advertisement

दुई वर्ष पहिला निर्माण भएको भवन सञ्चालनमा नआउँदा नेपाल गण्डक नहरको भवनमा बस्नुपर्ने बाध्यता रहेको आयुर्वेद औषधालय शाखाका रामएकवाल यादवले बताए।

Advertisement

उनका अनुसार निर्माणाधीन भवनको काम सम्पन्न भए पनि प्रवेशद्वार तथा प्राविधिक काम नभएकाले नयाँ भवनबाट बिरामीलाई सेवा दिन नमिल्ने भएको छ। ४० लाख लागतमा गाउँपालिकाले निर्माण गरेको पाल्ही आयुर्वेद औषधालय सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाइएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए।

गाउँपालिकाले निर्माण गरेको आयुर्वेद औषधालय भवनमा प्राविधिक काम बाँकी रहेकाले गण्डकको भवनबाट उपचार गर्दै आएको छ।

यस वर्षदेखि पाल्ही आयुर्वेद औषधालय भवन सञ्चालनमा ल्याउने तयारी भइरहेको पाल्हीनन्दन–४ का वडाध्यक्ष रवीन्द्र सहानीले बताए।

खानेपानी ट्याङ्की सञ्चालनपश्चात आयुर्वेद औषधालय भवनभित्र प्रवेशद्धार निर्माण गरेर उद्घाटन गर्ने वडाध्यक्ष सहानीले भने।