Sunday, July 5

सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी

नेपालअखबार,दाङ।  केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका–१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको घरभित्रै पानी पस्थ्यो।

Advertisement

वर्षौदेखि आजित बनेका उनले अचेल भने त्यसबाट मुक्ति पाएका छन्। पानीको निकासका लागि नालिसहितको सडक बनेपछि समस्या समाधान भएको हो। अब चाँडै सडक कालोपत्र भएमा धुवाधुलोबाट समेत मुक्ति मिल्ने उनको अपेक्षा छ।

Advertisement
Advertisement

‘वर्षामा घरभित्रै पानी आउथ्यो, पटक–पटक वडालाई भने, यसपटक भने सुनुवाइ भयो, अब घरभित्रै पानी पस्ने अवस्था आउने छैन,’ विकले भने।

Advertisement

वडाले तीन लाख बजेटमा कचेलीदेखि लामिडाँडासम्म ३३५ मिटर नाला निर्माण गरेको छ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–१२ क्वाङी विगतको वर्षादमा डुबानमा पथ्र्यो । गाउँको पानी निकास नहुँदा यसरी डुबान हुने गर्थ्यो।

यहाँ पनि ‘पनफकुवा’ नाला निर्माण भएपछि त्यो समस्या पनि हटेको स्थानीय नदीमा चौधरीले बताए।

‘पहिले वर्षा भयो की डुबानमा पर्थ्यो। अब निकासका लागि पनफकुवा नाला निर्माण भइसकेकाले त्यो समस्या हटेको छ,’ उनले भने।

तुलसीपुर उपमहानगरपालिका–१२ ले चालु आर्थिक वर्षमा रु तीन लाख बजेटमा यहाँ ७५ मिटर लामो नाला निर्माण गरिएको छ।

वडाध्यक्ष खुसीराम चौधरीले सानो बजेटले ठूलो उपलब्धि गर्ने नीतिअनुसार समस्या समाधानका लागि काम भएको बताए।

‘जनताका समस्या धेरै ठूला पनि हुँदैनन्, ससाना समस्या हल गर्‍यौं भने पनि त्यसले राम्रो प्रभाव पार्छ,’ उनले भने, ‘तीन लाख बजेटले मात्रै हामीले स्थानीयलाई खुसी दिन सकेका छौं’

गाउँ नै डुबानमा पर्ने समस्या लिएर आएपछि आफूले सोही ठाउँमा बजेट विनियोजन गर्न सहजीकरण गरेको चौधरीले बताए।