Saturday, August 1

भ्रष्टाचार नियन्त्रणका लागि पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध लगाउनुपर्ने :पूर्वमन्त्री केसी

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचार काण्डहरु छानबिन गर्नका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली समिति गठन गर्नुपर्ने बताएका छन् ।

Advertisement

दल विशेषका शीर्ष नेताहरुले चिनेको व्यक्तिको नेतृत्वमा नभई पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा छानबिन भएमात्र निष्पक्ष ढंगले न्याय दिन सक्ने उनको भनाइ छ ।

Advertisement
Advertisement

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका केसीले भने, ‘संसदमा उठेका, पक्ष, विपक्ष, प्रतिपक्षले उठाएका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गर्नका लागि प्रचण्डजीले चिनेको होइन, शेरबहादुर जीले चिनेको होइन, ओली जीले चिनेको होइन, नेपाली जनताले चिनेको, निष्पक्ष ढंगको न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि पाँच जनासम्मको शक्तिशाली समिति गठनका लागि हामी सहमतिमा पुगौं ।’

Advertisement

भ्रष्टाचार नियन्त्रणका लागि पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध लगाउनुपर्ने धारणा पनि उनले राखे । यसो गर्दा भ्रष्टाचार नियन्त्रणमा सहयोग हुने उनको विश्वास छ ।

सत्तामा पुगेको व्यक्तिले भ्रष्टाचार गरेर रकम थुपारेको भ्रम फैलाइएको भन्दै उनले त्यसलाई नियन्त्रणका लागि पनि पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध लगाउनुपर्ने धारणा राखे ।

‘सत्तामा पुगेका मान्छेले बोराकाबोरा घरमा डम्प गरेर हजार–पाँच सयको नोट राखेको छ भन्ने भ्रम जानीजानी फैलाइएको छ,’ पूर्वमन्त्री समेत रहेका केसीले भने, ‘त्यसैले मैले धेरैचोटी संसदमा भनें पाँच सय र हजारका नोट ब्यान्ड गर्दिउँ । हेरौं कसले कति लुकाएको रहेछ त्यो पनि जनताका अगाडि स्पष्ट भएर जाओस् ।’