Tuesday, May 12

मुख्यमन्त्री पाण्डेले भने अर्थतन्त्र चलायमान बनाउन सहकार्य आवश्यक

नेपालअखबार,लेखनाथ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अर्थतन्त्र चलायमान बनाउन नीजि क्षेत्र र सरकारको सहकार्य आवश्यक रहेको वताएका छन । लेखनाथको तालचोकमा बिहीबार देखि सुरु भएको २० औँ संस्करणको लेखनाथ महोत्सव २०८१ को उद्घघाटन गर्दै उहाँले कोभिड पछि देशको खस्कँदो अर्थतन्त्रलाई अब नीजि क्षेत्र र सरकारको सहकार्य र समन्वयले अर्थतन्त्रलाई सुधार र बलियो बनाउन सकिने बताएका हुन ।

नेपालको पर्यटन राजधानी पोखरामा गण्डकी प्रदेशमा नीजि क्षेत्र सँगको साझेदारीमा पर्यटनको क्षेत्रमा प्रदेश सरकार काम गर्न तयार रहेको मुख्यमन्त्री पाण्डेले बताए । नीति नियमका कारण उद्योग, व्यापार, व्यवसायको क्षेत्रमा समस्या परेको र प्रदेश सरकारबाट संशोधन गर्नु परेमा सरकारले तत्काल संवोधन गर्ने उनले बताएका थिए । समृद्ध गण्डकी प्रदेश बनाउने अभियानमा सबैको सहकार्य जरुरी रहेको मुख्यमन्त्री पाण्डेको भनाई थियो । पोखरा क्षेत्रमा आयोजना हुने मेला र महोत्सवले यस क्षेत्रको आर्थिक अर्थतन्त्रलाई केही हदसम्म भए पनि चलायमान बनाउने गरेको उनको भनाई थियो ।

Advertisement