Monday, July 6

टंक बुढाथोकीको चलचित्रमा अशोक दर्जीसंगै नीता ढुंगाना मुख्य भुमिकामा

नेपालअखबार,काठमाडौं। गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ुमन बिनाको धन ठूलो कि धन बिनाको मनु मा अभिनय गर्ने मुख्य कलाकारहरुको लाइन अप सार्वजनिक गरिएको छ। आफ्नो हिट गीत ुमन बिनाको धन ठूलो कि धन बिनाको मनु शीर्षकमा बन्ने चलचित्रमा मुख्य पात्र बाल गायक अशोक दर्जी हुनेछन् । चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा लगायतका कलाकारको अभिनय रहनेछ । अन्य केहि प्रमुख कलाकारहरु अझै फाइनल हुन बाँकी रहेको र अब केहि दिनमा नै फाइनल हुने बुढाथोकी बताए। चलचित्रको कथा निर्माता निर्देशक टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । छिट्टै फ्लोरमा जाने चलचित्रलाई सौरभ लामाले छायांकन गर्नेछन् । सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रलाई बैंकटेश इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ। अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । दर्जी हाल काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छन् । अशोक दर्जीलाई अध्ययनका लागि काठमाडौं ल्याएर अभिभावकत्व समेत दिइरहेका टंक बुढाथोकीले दर्जनौं चलचित्रमा शब्द, संगीत र स्वर दिएका छन्। यस चलचित्रमा पनि टंक बुढाथोकी को संगीत रहनेछ।

Advertisement
Advertisement

Advertisement