Friday, July 31

आज घट्यो सुन–चाँदीको भाउ

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ।

Advertisement

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको हो।

Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ०४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।