
नेपालअखबार ,काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सोनाम ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ।
बिहिबार एक विज्ञप्ति जारी गरेर अध्यक्ष नेपालले तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होसार २०८१ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। अध्यक्ष नेपालले तामाङ समुदायले मनाउने यस पर्वको छुट्टै साँस्कृतिक महत्व रहेको उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभयो, ‘बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषतायुक्त हाम्रो देशमा रहेका विभिन्न समुदायका रीति, परम्परा र सँस्कृति हाम्रा मौलिक पहिचान र बहुमूल्य सम्पत्ति हुन्। सबै जातजाति तथा समुदायको भाषा, सँस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो । यस्ता पर्वहरूले हाम्रा मौलिक सँस्कृति प्रवद्र्धन गर्न, सामाजिक सद्भाव अभिवृद्धि गर्न र राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण योगदान गरेका छन्।
सबै नेपालीबीच विविधतामा एकता, सद्भाव, सामाजिक सहिष्णुता र बन्धुत्व एवम् सम्मान कायम गर्दै सामाजिक न्याय र समानता सहितको समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ अग्रसर हुन यस पर्वले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै पुनःसोनाम ल्होसारको शुभकामना व्यक्त गर्दछु।’


