Tuesday, August 11

पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोनाम ल्होसारको अवसरमा शुभकामना

नेपालअखबार ,काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोनाम ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ।

Advertisement

बिहिबार एक विज्ञप्ति जारी गर्दै सम्मानित नेता खनालले सोनाम ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो।

Advertisement
Advertisement

उहाँले नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको बताउदै विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्वहरू र संस्कृतिलाई संरक्षण गर्नको लागि आफ्नै रिति र परम्परा अनुसार पर्वहरू मनाउँदै आएको कुरा स्मरण गराउनु भएको छ।

Advertisement

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यसै अनुरुप तामाङ समुदायले मनाउने यो पर्वले नेपाली दाजुभाई तथा दिदीबहिनीहरू बीच बन्धुत्व, आपसी प्रेम, हार्दिकता र सम्मान प्रकट गर्नेछ र मुलुकलाई सामाजिक न्याय र समानता सहितको समुन्नत समाजवाद निर्माणको बाटोमा दृढतापूर्वक हिँड्न सवैमा प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।’