Sunday, July 26

खुवा बेचेरै मासिक एकलाख कमाइ

नेपालअखबार, हेटौंडा। हेटौंडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक एक लाख कमाउँदै आएका उनी यसै पेसाबाट आत्मनिर्भर बन्दै आएका छन्।

Advertisement

उनको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्छ। दुई वर्षदेखि खुवा व्यवसायमा लागेका श्रेष्ठको चुच्चे खोलामा उत्तम खुवा घर सञ्चालनमा छ।

Advertisement
Advertisement

खुवा व्यवसायमा लाग्नुअघि श्रेष्ठले लामो समयदेखि किराना पसल र तोरी मेल सञ्चालन गरेका थिए। गाउँघरमा उधारो धेरै हुने गरेकाले किराना पसलबाट खासै उपलब्धि हुन नसकेपछि श्रेष्ठ खुवा व्यवसायतर्फ लागेका हुन्।

Advertisement

खुवाको हब बन्दै गएको सोही स्थानमा खुवा व्यवसायलाई सम्हाल्न पुगेका उनले हिजोआज दैनिक तीस किलो खुवा बिक्री गर्दै आएका छन्।

उनको पसलमा खुवासँगै खुवाका विभिन्न मिठाइका परिकार, केराको मम, छोइला, पनि, पुष्टकारी उत्पादनसँगै बिक्री हुनेगर्दछ। खुवा व्यवसायमा मनग्य आम्दानी देख्नुभएका उनले दूधको आपूर्तिका लागि किसानलाई भैंसी किन्न लगानीसमेत गरेका छन्।
‘खुवाको लागि भैंसी दूध आवश्यक पर्छ सोहीअनुरूप किसानलाई दस लाख लगानी गरिसकेको छु,’ उनले भने।  परम्पराभन्दा आधुनिकतातर्फ लम्किँदै व्यवसाय गर्नका लागि उनले सफा, सुग्घर र आकर्षित सजावट गर्दै व्यवसायलाई अगाडि बढाइरहेका छन्। खुवाको हब बन्दै गएको चुच्चे खोलामा हेर्दा पनि आकर्षण तरिकाको पसल उनको छ। पर्यटकलाई सफा र आकर्षण देखिनुपर्छ सोही अनुरूप परिकारमा पनि सफा र स्वादिष्ट उत्पादन गर्ने गरेको उनको भनाइ छ।

खुवा पेसा सम्हालेयता उनले आफ्नो व्यवसायबाट ६ कर्मचारीलाई रोजगारी दिएकोसमेत बताए। खुवासँगै खाजा नास्ता लगायतबाट मासिक दस लाखको कारोबार हुने गरेको श्रेष्ठले बताए। मासिक दूध खरिद्, खुवा पकाउने दाउरा खरिद, कर्मचारी लगायतमा मासिक साढे आठ लाख खर्च हुने गरेको बताए। अरू पेसामा भन्दा खुवा पेसामा काम गर्दा सन्तुष्ट मिलेको उनको भनाइ छ। आफूसँगै परिवारलाई पनि सहयोग लिएर उनले खुवा व्यवसायलाई अझै बढाउने सोचमा रहेको बताए

खुवा बेचेरै मासिक एक लाख कमाउन सकिने भएपछि उनले पैसा कमाउन विदेशिने युवापुस्तालाई देशमै कमाउन सकिने उदाहरण प्रस्तुत गरेका छन्। उनको पसलबाट उत्पादित खुवा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रो, चितवनलगायतका जिल्लामा निर्यात हुने बताए। कान्तिलोक पथ भएर हिँड्ने यात्री र खुवाको पारखीलाई हिजोआज उत्तमको खुवा पसलले आर्कष्ण गर्ने गरेको छ। खुवा व्यवसायबाट पनि आत्मनिर्भर बन्न सकिने राम्रो उदाहरण उनले प्रस्तुत गरेका छन्।