
नेपालअखबार,काठमाडौँ । संसदीय प्रक्रियामा रहेको सामाजिक सञ्जाल विधेयक २०८१ प्रति आपत्ति जनाउँदै अनलाइन टिभी पत्रकार सङ्घले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ मङ्गलवार समितिका सभापति अम्मर बहादुर थापालाई उनकै कार्यकक्ष सिंहदरबारमा सङ्घले एक ज्ञापनपत्र बुझाउँदै विधेयकप्रति असन्तुष्टि जनाएको हो । सङ्घले विधेयकमा सच्याउनुपर्ने विषयलाई बुँदागत रुपमा उल्लेख गर्दै पार्टीको ध्यानाकर्षण गराएको छ ।
विधेयकले खबरदारी तथा आलोचना गर्न पाउने नागरिकको आधारभूत अधिकार कुण्ठित गर्ने भन्दै सङ्घले यसमा समावेश दर्जनौ प्रावधानहरु आपत्तिजनक रहेको जनाएको छ ।

