Tuesday, December 9

सहसचिवका लागि ११ जनाको नाम सिफारिस

नेपालअखबार,काठमाडौँ । नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) का लागि ११ जनाको नाम सिफारिस भएको छ । लोक सेवा आयोगले लिखित र अन्तरवार्ता प्रक्रियाद्वारा ११ जना र तीन जना वैकल्पिक उम्मेदवारको नाम सिफारिस गरेको हो ।यसरी बढुवाका लागि सिफारिस हुनेहरूमा काठमाडौँ चन्द्रागिरिका रोशा ज्ञवाली, सुर्खेत वीरेन्द्रनगरका रोशन पुरी, पर्वत फलेवासका मोतीराम सापकोटा, धादिङ बेनीघाटकी सिर्जना थपलिया, कञ्चनपुर भिमदत्तका धर्मराज जोशी, स्याङ्जा आँधीखोलाका धोकलराज ढकाल, स्याङ्जा अर्जुनचोपारीका हेमराज अर्याल, गुल्मी मालिकाका मुक्तिराम अर्याल, ओखलढुंगा सिद्धिचरणका रुद्र कार्की, कास्की पोखराका ध्रुव गरी र स्याङ्जा पुतली बजारका टकनाथ लम्साल रहेका छन् ।

वैकल्पिक उम्मेदवारहरूमा स्याङ्जा काली गण्डकीका विजय राना, दैलेख दुल्लुका धर्मराज रोकाया र स्याङ्जा आँधिखोलाका प्रविन ढकाल रहेका छन् । लोक सेवा आयोगको सिफारिससँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुको बढुवा गर्नेछ ।

Advertisement

476642027_3079967895477814_1760549920910296573_n