Friday, July 31

स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन : सर्लाहीमा ईश्वरपुर नगरपालिका पहिलो

नेपालअखबार,सर्लाही । सर्लाही जिल्लाका २० स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा ईश्वरपुर नगरपालिकाले शीर्ष स्थान हासिल गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्न सार्वजनिक गरेको मूल्याङ्कनमा ईश्वरपुरले १०० मध्ये ५६.३ अंक प्राप्त गर्दै जिल्लामा पहिलो स्थान सुरक्षित गरेको हो।पर्सा गाउँपालिका ५५.८ अंकसहित दोस्रो, लालबन्दी नगरपालिका ५५.१ अंकसहित तेस्रो, तथा रामनगर गाउँपालिका ५२.६ अंकसहित चौथो स्थानमा रहेको छ। यस्तै, बलरा नगरपालिका ३४.५ अंक प्राप्त गर्दै कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको छ।

Advertisement

आयोगले १७ वटा सूचकका आधारमा मूल्याङ्कन गरेको थियो, जसमा बजेट पेश तथा पारित गर्ने समयसीमा, खर्च अवस्था, बेरुजु, लेखा परीक्षण प्रतिवेदन, स्थानीय सञ्चित कोषको प्रयोग, आवधिक योजना र राजस्व विभाजनजस्ता महत्वपूर्ण मापदण्डहरू समावेश छन्।

Advertisement
Advertisement

Advertisement