Tuesday, August 11

कांग्रेसका सभापति देउवा भारत जाने कार्यक्रम रद्द

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत जाने कार्यक्रम रद्द गरेका छन्।

Advertisement

सभापति देउवा बिहीबार भारत जाने र शुक्रबार उत्तरप्रदेशस्थित प्रयागराजमा इन्डिया फाउण्डेसनले गर्ने सम्मेलनमा मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहे पनि अन्तिम समयमा सभापति देउवाले भ्रमण रद्द गरेका हुन्।

Advertisement
Advertisement

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सभापति देउवा भारत जाने कार्यक्रम रद्द गरिएको  जानकारी दिए।

Advertisement

‘प्रयागराजमा हुने सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो, भिडभाड हुनेजस्ता कारणले गर्दा नजाने निर्णय गरिएको हो,’ उनले भने।