Saturday, May 2

संविधान संशोधनका लागि राजनीतिक दलहरूबिच सहमति गर्छौँः गृहमन्त्री

नेपालअखबार, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि राजनीतिक दलहरूबिच सहमति कायम गर्ने बताएका छन् । बिहीबार भक्तपुरमा नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौं राष्ट्रिय परिषद् उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधान संशोधनका लागि आवश्यक विषय पहिचान गरेर राजनीतिक दलहरूबिच सहमति कायम गर्दै अघि बढ्ने बताएका हुन् ।

उनले केही दिनमा नै दुई दलको कार्यदल बनाइ संशोधनको काम सुरु गर्ने जानकारी दिए । गृहमन्त्री लेखकले मुलुकको आर्थिक स्थितिलाई सुधार गर्दै आर्थिक समृद्धिको दिशातर्फ सरकार अघि बढेको उल्लेख गरे ।

Advertisement

अहिलेको गठबन्धन मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको उद्देश्य पुरा गर्नका लागि गठन भएको उनको भनाइ छ ।

उनले मुलुकको आवश्यकताका आधारमा सरकारले अध्यादेश ल्याएको भन्दै सदनबाट पारित हुने दाबी समेत गरे ।