Sunday, August 9

केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने

नेपालअखबार, काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा संविधान सभा सदस्य विदुर सापकोटाको निधन भएको छ।

Advertisement

सापकोटाको फागुन ८ गते  बिहान ३ः५० बजे हेल्पिङह्यान्ड हस्पिटलमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएकोछ।  सापकोटाको पार्थिव शरीर नेकपा (एकीकृत समाजवादी) कार्यालयमा राखिने भएको छ। साथै आजदेखि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि सुरु हुने भएको छ।

Advertisement
Advertisement

पार्टी उपसचिव रामकुमार भट्टराईका अनुसार सापकोटाको निधन भएको हुनाले आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक भोलि (शक्रबार) ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर बस्ने गरी स्थगित गरिएको छ।

Advertisement