Friday, July 10

ह्वाइट हाउसमा चर्काचर्कीपछि बेलायत पुगेर जेलेन्स्कीले गरे २ अर्ब पाउन्डको ऋण सम्झौता

नेपालअखबार,काठमाडौँ। ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग चर्काचर्की गरेर वाशिङ्टनबाट फर्किएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायत पुगेका छन्।

Advertisement

बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आइतबार जेलेन्स्कीसहित युरोपेली नेताहरुको बैठक राखेका छन्। बैठकमा सहभागी हुन जेलेन्स्की शनिबार नै बेलायत पुगिसकेका छन्।

Advertisement
Advertisement

बेलायती प्रधानमन्त्री स्टार्मरले जेलेन्स्कीलाई न्यानो स्वागत गरेका थिए।

Advertisement

ह्वाइट हाउसको चर्काचर्कीपछि बेलायती प्रधानमन्त्री स्टार्मरले आफ्नो अटुट समर्थन युक्रेनलाई हुने बताएका थिए। लगत्तै युक्रेन युद्धबारे छलफल गर्ने लण्डनमा आइतबार बस्नेगरी युरोपेली नेताहरूको बैठक बोलाएका थिए।

जेलेन्स्कीले ह्वाइट हाउसको विषयमा प्रतिक्रियाका लागि स्टार्मरलाई धन्यवाद दिए। उनले यति राम्रो साथी पाएकोको खुशी छु भनेको बिबिसीले जनाएको छ। त्यतिबेला पनि स्टार्मरले युक्रेनलाई आफ्नो पूर्ण समर्थन रहेको दोहोर्‍याएका थिए।

जेलेन्स्की र स्टार्मरले २ अर्ब २६ करोड पाउन्ड बराबरको ऋण सम्झौता गरेको पनि बिबिसीको समाचारमा उल्लेख छ। जुन कब्जा गरिएको रूसी सम्पत्तिबाट प्राप्त हुने नाफा प्रयोग गरेर फिर्ता गरिने भनिएको छ।

चर्काचर्कीपछि युरोपेली नेताहरूले तत्काल प्रतिक्रिया जनाउँदै युक्रेन र जेलेन्स्कीको समर्थन गरेका थिए। उनीहरूले सामाजिक सञ्चाल एक्समा लेख्दै जेलेन्स्कीलाई आफ्नो समर्थन रहेको भनेर सन्देश दिएका थिए।

फ्रान्स, जर्मनी, पोल्याण्ड, स्पेन, डेनमार्क, नेदरल्याण्ड्स, पोर्चुगल, चेक रिपब्लिक, नर्वे, फिनल्याण्ड, क्रोएशिया, इस्टोनिया, लातभिया, स्लोभेनिया, बेल्जियम, लिथुवानिया, लग्जेम्बर्ग र आयरल्याण्डले युक्रेन र जेलेन्स्कीको समर्थन गरेका थिए।