Tuesday, July 28

नेपालमा पर्याप्त जनशक्ति उत्पादन भए पनि त्यस अनुसार अवसरहरु सिर्जना नभएकोमा चिन्ता :राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौं । नेपाल चिकित्सक संघको स्थापनाकालदेखि हालसम्म भएका ३२ अध्यक्षको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’ विमोचन गरिएको छ । नेपाल चिकित्सक संघ स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा म‌ंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पुस्तकको विमोचन गरेका हुन् ।

Advertisement

पुस्तकमा संघका ३२ जना अध्यक्षको जीवनी, संघमा उनीहरूले गरेका योगदान, संघर्ष लगायतका विषय समावेश छन्।

Advertisement
Advertisement

पुस्तक विमोचनपछि राष्ट्रपति पौडेलले दक्ष र विज्ञ चिकित्सकहरु नेपालमै उत्पादन हुनु र नेपालमै स्तरीय स्वास्थ्य उपचारको थालनी हुनु सुखद् पक्ष रहेको बताए। उनले स्तरीय आफूले पनि स्तरीय उपचार सेवाको अनुभव गरेको जानकारी दिए।

Advertisement

राष्ट्रपति पौडेलले नेपालमा पर्याप्त जनशक्ति उत्पादन भए पनि त्यस अनुसार अवसरहरु सिर्जना नभएकोमा चिन्ता व्यक्त गरे। ‘जनशक्तिले पर्याप्त अवसर नपाएको गुनासो आइरहेको छ’ पौडेलले भने, ‘त्यसको परिणाम चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो ।’

चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सकहरूको सम्मान र स्मरण दुवै हुने भन्दै संघले यो पुस्तक प्रकाशनको निर्णय गरेको बताए ।

पुस्तको सम्पादन पत्रकार प्रवीण ढकालले गरेका हुन् । पुस्तकबाट संघको इतिहाससँगै नेपालको चिकित्सा इतिहासको संरक्षण हुने सम्पादक ढकालले बताए ।

२००७ साल फागुन २० गते स्थापना भएको नेपाल चिकित्सक संघ नै नेपालको पहिलो पेशागत संघ हो। संघको पहिलो अध्यक्ष डा. सिद्धिमणि आचार्य दीक्षित हुन् ।