Saturday, August 22

सुनको भाउ प्रतितोला १४ सय रूपैयाँ बढ्यो

नेपालअखबार,काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ।

Advertisement

गत आइतबार र सोमबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो।

Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।  सोमबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

सोमबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिताेला २५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।