Friday, October 16

सुनको भाउ घट्यो

नेपालअखबार,काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।

Advertisement

अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।

Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।