Friday, July 31

आज पनि घट्यो सुनको भाउ

नेपालअखबार,काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ।

Advertisement

गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।

Advertisement
Advertisement

सोमबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

सोमबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।