Thursday, July 30

समाजवादी मोर्चाको जनप्रदर्शन प्रतिगनको कुप्रयास विरूद्ध सकारात्मक पहल :एमाले महासचिव शंकर पोखरेल

नेपालअखबार, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले शुक्रबार समाजवादी मोर्चाले काठमाडौंमा गर्ने प्रदर्शनलाई समर्थन जनाएका छन्।

Advertisement

महासचिव पोखरेलले फेसबकमा स्टाटस लेखेर मोर्चाले शुक्रबार गर्न लागेको जनप्रदर्शनलाई प्रतिगनको कुप्रयास विरूद्धको सकारात्मक पहल रहेको बताएका छन्।

Advertisement
Advertisement

उनले दलहरू आपसमा प्रतिस्पर्धा तथा एक अर्काको आलोचना र विरोध गर्दै जनअभिमतबाट आफूलाई स्थापित गर्ने कोसिस गर्ने बताए।

Advertisement

‘तर जनताको सार्वभौमसत्ता र लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोल्दछ भने त्यसको डटेर सामना पनि गर्दछन् । इतिहासले धेरै पटक यस्तो तथ्यलाई प्रमाणित गरेको छ । त्यसमाथि अहिलेको युग जनसचेतनताले सुसम्पन्न लोकतन्त्रको युग हो,’ उनले फेसबुकमा लेखेका छन्।

शुक्रबार मोर्चाले काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्दैछ।