Sunday, April 19

४ नेताले सम्बोधन गर्ने समाजवादी मोर्चाको सभामा

नेपालअखबार, काठमाडौं । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा गर्न लागेको प्रदर्शनमा ४ जना शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

मोर्चामा आवद्ध दलका शीर्ष नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, नेत्रविक्रम चन्द विप्लव र महेन्द्र राय यादवले सभालाई सम्बोधन गर्ने भएका हुन् ।

Advertisement

मोर्चाले उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सुरु गरेको छ । जुलस काठमाडौंको भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुने बताइएको छ ।

भृकुटीमण्डपमा सभाका लागि मञ्च तयार भइसकेको छ ।अहिले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।