Saturday, August 1

कुलमान घिसिङलाई सर्वोच्चले दिएन अन्तरिम आदेश

नेपालअखबार, काठमाडौं । सर्वोच्च अदालतले कुलमान घिसिङको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

Advertisement

शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले घिसिङको रिटमा अन्तरिम आदेश जारी नगरेको स्रोतले जनाएको छ।

Advertisement
Advertisement

घिसिङले आफूलाई गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय, उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयले दिएको पत्र, हितेन्द्रदेव शाक्यलाई गरेको नियुक्ती बदर गर्न माग गरेका थिए।

Advertisement

त्यस्तै ती निर्णय बदर गरी आफूलाई नै कार्यकारी निर्देशकको रूपमा काम गर्न दिन अन्तरिम आदेशको समेत माग गरेका थिए।

यस्तै यसमा दुवै पक्षलाई छलफलका लागि बोलाउने र हितेन्द्रदेव शाक्यको मुद्दा पनि सँगै राखेर हेर्ने आदेश भएको हो।  सरकारले शाक्यलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो। शाक्यले बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए।