Wednesday, July 29

मोर्चाका नेताहरूद्धारा एकीकृत समाजवादीको पार्टी कार्यालय अनुगमन

नेपालअखबार,काठमाडौँ। समाजवादी मोर्चाका नेताहरू शनिबार बिहान आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा भएको क्षतिको अनुगमनका लागि पुग्नु भएको छ।

Advertisement

शुक्रबार व्यवस्था उल्टाउने भन्दै सडकमा उत्रिएका राजवादीहरूको अराजक समूहले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै लुटपाट र आगजनी गरेका थिए।

Advertisement
Advertisement

अनुगमनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेसपा अध्यक्ष महिन्द्र राय यादवसहित एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका नेताहरूले क्षेतिग्रस्त कार्यालयको अवलोकन गर्नु भएको छ।

Advertisement

मोर्चाले नेपक (एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, जिल्ला कमिटीको कार्यालय, विभिन्न सञ्चार माध्ययम, नीजि सम्पत्ति तोडफोड तथा लुटपाटको भर्त्सना गरेको छ।

whatsapp-image-2025-03-29-at-09.01.09_2b5339c3_vLdKDODTQ0-1743221323.jpg