Saturday, July 4

अमेरिकामा घरमाथि खस्यो जहाज

नेपालअखबार, काठमाडौँ । अमेरिकामा घरमाथि एउटा जहाज खसेको छ।

Advertisement

शनिबार दिउँसो लोवाबाट मिनिसोटा जाँदै गरेको सानो जहाज मिनिपोयपोलिसको ब्रुकलिन पार्क नगरस्थित एउटा घरमा खसेको हो।

Advertisement
Advertisement

ब्रुकलिन पार्ककी प्रवक्ता रिसीकट एडसोगुनाले जहाज खसे लगत्तै आगलागी भएर नष्ट भएको बताएकी छन्।

Advertisement

अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार SOCATA TBM7 एकल इन्जिन जहाज घरमा खसेको तर उक्त घरमा कोही मानिसहरू नभएको जनाएको छ।

ब्रुकलिन पार्ककी प्रवक्ताले पनि घरमा कोही मान्छे नभएको बेलामा जहाज खसेको बताएकी छन्।

यद्यपि मानवीय क्षति कति भएको भन्ने यकिन विविरण आइसकेको छैन।

अमेरिकाको  संघीय उड्डयन कार्यालयले जहाजमा कति यात्रु थिए भन्ने नखुेलेको जनाएको छ।

यद्यपि जहाजका पाइलटको भने मृत्यु भएको बताइएको छ। त्यसकारण दुर्घटनामा कम्तिमा एक जनाको मृत्यु भएको भनिएको एपीले लेखेको छ।

दुर्घटनाबारे उड्डयन कार्यालयले  अनुसन्धान गरिरहेको छ।