Monday, July 6

आज इद पर्व मनाइँदै

नेपालअखबार,काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले आज इद (इद–उल–फित्र) मनाउँदै छन्।

Advertisement

रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आइतबार पूरा भएको थियो। उनीहरूले रोजा ब्रतपछि  आज ‘इद–उल–फित्र’ मनाउन लागेका हुन्।

Advertisement
Advertisement

केही मुस्लिमले ‘इद-उल-फित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन ।

Advertisement

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो।

यो पर्वको ७०औं दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् ।

यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना पनि जान्छन्।

इद–उल–फित्रको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्च पदस्थ व्यक्तिहरूले शुभकामना व्यक्त गरेका छन्।

सोही अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ।