Monday, July 6

५० वर्षको उमेरमा महिलाले जन्माइन् १४ औँ सन्तान

नेपालअखबार,नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको हापुडमा एक महिलाले ५० वर्षको उमेरमा १४ औँ सन्तानलाई जन्म दिएकी छन् ।हापुडको पिलखुवा थाना क्षेत्र अन्तर्गत बजरंगपुरीमा बस्दै आएका इमामुद्दीनकी पत्नी गुडियाले बिहीबार १४ औँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी हुन् ।

Advertisement

प्रसव वेदनापछि उनलाई स्थानीय सरकारी अस्पताल लगिएको थियो । उनको अवस्था गम्भीर रहेको भन्दै त्यहाँबाट जिल्लास्थित सरकारी अस्पतालमा पठाइएको थियो ।

Advertisement
Advertisement

एम्बुलेन्सबाट अस्पताल लैजाँदै गर्दा उनले छोरीलाई जन्म दिएकी हुन् । शुक्रबार अस्पतालबाट उनलाई घर पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।गुडियाको पहिलो सन्तान २२ वर्षका छन् । उनका १४ सन्तानमध्ये तीन वटाको मृत्यु भइसकेको बताइएको छ ।

Advertisement