Sunday, July 5

एनी कुँवर तीनकुने घटनामा पक्राउ

नेपालअखबार,काठमाडौँ ।  राजावादी समर्थकले चैत १५ गते तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा एक युवती पक्राउ परेकी छन्।

Advertisement

पक्राउ परेकी युवती एनी कुँवर रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए।

Advertisement
Advertisement

उनलाई अपराध अनुसन्धानको टोलीले आइतबार ललितपुरबाट पक्राउ गरेको हो। उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको एसपी जिसीले जानकारी दिए।

Advertisement

उनका अनुसार कुँवर मृतक पत्रकार सुरेश रजक भेटिएकै भवनबाट तल झर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। त्यसैले अनुसन्धान गर्नका लागि पक्राउ गरिएको उनले बताए।