Monday, August 3

आजदेखि दाउन्ने खण्ड दैनिक ४ घन्टा बन्द हुने

नेपालअखबार, दाउन्ने। नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा बुधबारदेखि दैनिक चार घन्टा सवारी आवागमन बन्द हुने जनाएको छ।

Advertisement

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११:०० देखि अपराह्न ३:०० बजेसम्म बन्द हुनेछ।

Advertisement
Advertisement

चैत ३१ गतेसम्म यही समयमा उक्त खण्ड बन्द रहनेछ। वैशाख १ गतेदेखि भने दैनिक छ घन्टा बन्द रहनेछ। त्यसअवधिमा राति ११:०० देखि बिहान ५:०० बजेसम्म बाटो बन्द हुने आयोजनाले जनाएको छ।

Advertisement