Friday, July 3

आज हालसम्मकै उच्च सुनको मूल्य

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

Advertisement

सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

Advertisement
Advertisement

यसअघि गत चैत २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

Advertisement

उक्त दिन सुन प्रतितोला एक लाख ८० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ८१ हजार एक सय रूपैयाँ पुगेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला आठ सय रूपैयाँ बढी हो।

यस्तै बुधबार भने प्रतितोला एक लाख ७५ हजार चार सय रूपैयाँमा सुनको कारोबार भएको थियो।

बुधबारको तुलनामा बिहीबार भने सुनको मूल्य प्रतितोला पाँच हजार सात सय रूपैयाँ बढेको हो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार चाँदी प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३१ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।