Saturday, May 23

वीरगञ्जमा दुई समुदायबीच झडप , साँझदेखि कर्फ्यु लगाउने तयारी

नेपालअखबार,वीरगन्ज । पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ ।  हनुमानको जन्मोत्सवको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएको छ। शोभायात्राले नगरपरिक्रमा गर्ने क्रममा वीरगन्जको छपकैया पुगेपछि दुई समुदायबीच झडप भएको हो।

May be an image of 1 person and fire

Advertisement

केही पसलहरूमा आगजनी समेत गरिएको छ । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् । अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउने तयारी गरेको छ । दुई पक्षबिचको झडपले अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । कुन कुन ठाउँमा कर्फ्यु लगाउने भन्नेबारेमा अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल चलिरहेको अर्यालको भनाई छ ।May be an image of 1 person and text