Sunday, June 14

कालिकोटको दशौँ जिल्ला अधिवेशन अध्यक्ष नेपालद्धारा उद्घाटन

नेपालअखबार,कालिकोट। नेकपा (एकीकृत समाजवादी), जिल्ला कमिटी कालिकोटको १०औँ जिल्ला अधिवेशन भव्यताका साथ उद्घाटन गरिएको छ।

पार्टी जिल्ला अध्यक्ष चित्र सिंह गाउँलेको अध्यक्षता एवं पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको हो।

Advertisement

पार्टीका उपाध्यक्ष प्रकाश ज्वाला, सचिव एवं कर्णाली इन्चार्ज चन्द्रबहादुर शाही, कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्रप्रकाश पुरी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तुलाराज सिमखाडा, केन्द्रीय सदस्य विजया बिष्ट, विश्वराज बम, प्रदेश सचिव धीरबहादुर बिष्टलगायतका नेताहरुले उद्घाटन सत्रलाई सम्बोधन गर्नुभएको छ।

चैत ३० र ३१ गतेका लागि आयोजना गरिएको जिल्लाको १०औँ जिल्ला अधिवेशनले नयाँ कमिटी चयन गर्नेछ। जिल्ला अधिवेशनमा हजारौँको संख्यामा उपस्थिति रहेको छ।

cpnus-kalikot--(2)-1744452059.jpg

cpnus-kalikot--(3)-1744452059.jpg

cpnus-kalikot--(1)-1744452062.jpg