Saturday, April 18

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

नेपालअखबार ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवशेन आह्वान गरेका छन् ।

राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १२ गते शुक्रबार अपराह्न १ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्नेगरी सङ्घीय संसद्को अविधेशन आह्वान गरेका छन् ।

Advertisement

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफरिसमा संसद् अधिवेशन आह्वान गरेको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले बताए । 490999692_660970090011215_5980466655576499297_n