Saturday, November 28

सिरहामा १४ लाख ४५ हजारभन्दा बढीको अवैध सामान बरामद

नेपालअखबार,सिरहा । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमा क्षेत्रबाट १४ लाख ४५ हजार ६२० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

Advertisement

सशस्त्र प्रहरीले मंसिर ११ गते बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरेको चेकजाँच तथा निगरानीका क्रममा मोटरसाइकल, लत्ताकपडा, किराना सामान, बिँडी, पेय पदार्थ, कुर्सी, मदिरा तथा हाउस वायरिङका सामग्री बरामद गरेको हो।

Advertisement
Advertisement

बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी सुमन जंग थापाले जानकारी दिएका छन्।

Advertisement

सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा चोरी पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई निरन्तरता दिँदै आएको छ।