Saturday, May 2

टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमा ट्रम्पसँगै युनुस पनि

नेपालअखबार,काठमाडौँ । अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको यस वर्षको सय प्रभावशाली व्यक्तिको सूचिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बङ्गलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुस परेका छन् ।

अप्रिल १७ मा जारी गरिएको यो वार्षिक सूचीमा राजनीति, विज्ञान, कला र सक्रियताका क्षेत्रहरूसँग सम्बन्धित व्यक्तिहरूलाई राखिएको छ । पत्रिकाको यो वार्षिक सूचीलाई नेता, आइकन र टाइटन्स जस्ता कयौँ श्रेणीमा विभाजन गरिएको छ ।

Advertisement

नेताको सूचीमा बेलायती प्रधानमन्त्री केयर स्टारमर र अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि छन् । अचम्मको कुरा के छ भने यस वर्ष टाइमको यो सूचीमा एक जना पनि भारतीय छैनन् । गत वर्षको सूचीमा आलिया भट्ट र साक्षी मलिक परेका थिए ।