Sunday, August 23

नेपाल प्रहरीका १६ जना प्रहरी कर्मचारी दुई महिनादेखि गैरहाजिर

नेपालअखबार,काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी कर्मचारी दुई महिनादेखि गैरहाजिर छन्।

Advertisement

प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार केही प्रहरी माघदेखि गैरहाजिर छन्। केहि फागुन र चैतदेखि पनि जानकारी नै नगराई गैरहाजिर छन्।

Advertisement
Advertisement

आफूखुशी गैरहाजिर रहेका ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन भनेर प्रहरी प्रधान कार्यालयले बुधबार गोरखापत्रमा सूचना सार्वजनिक गरेको छ।

Advertisement

उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक  स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुस् सूची

police-harayeko-1745373039.jpg