Saturday, March 14

तीनकुने घटनामा थप एक जना पक्राउ

नेपालअखबार,काठमाडौं । काठमाडौंको तीनकुने घटनामा थप एक जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको एसपी अंगुर जिसीले जानकारी दिए।

Advertisement

उनका अनुसार काभ्रेको धुलिखेलका ४० वर्षीय मनोज भन्ने मिनोज थापालाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले साँगाबाट पक्राउ गरेको हो। अहिले उनीसँगै ६५ जना प्रहरी हिरासतमा छन्

२१ जनालाई प्रहरीले हाजिर जमानीमा राखेको छ।