Friday, September 25

आज घट्यो सुन–चाँदीको भाउ

नेपालअखबार,काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ।

Advertisement

बिहीबार प्रतितोला दुई सय रूपैयाँ बढेको छापावाल सुन शुक्रबार प्रतितोला एक हजार रूपैयाँले घटेको हो।

Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

बिहीबार सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँ पुगेको थियो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला दुई हजार १० रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।