Friday, August 21

१३ वर्षीय किशोर लिएर भागेकी शिक्षिका भन्छिन्– ऊ मेरो गर्भमा रहेको बच्चाको पिता हो

नेपालअखबार,काठमाडौँ । १३ वर्षीय किशोरलाई लिएर भागेकी एक शिक्षिकाको बयानले शिक्षक र विद्यार्थीबिचको सम्बन्धलाई नै लज्जित तुल्याएको छ । भारतको गुजरात राज्यको सुरतमा २३ वर्षीय एक शिक्षिका आफ्नै १३ वर्षीय छात्रलाई लिएर भागेकी थिइन् । चार दिनपछि ती शिक्षिका र किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

प्रहरीले गरेको सोधपुछमा ती शिक्षिकाले आफू पाँच महिनाको गर्भवती रहेको बताइन् । उनी यतिमा मात्र रोकिइनन् । उनले ती किशोरलाई देखाउँदै भनिन्, ‘ऊ मेरो गर्भमा रहेको बच्चाको पिता हो ।’ आफू १३ वर्षीय किशोरबाट गर्भवती भएको भन्दै ती शिक्षिकाले अर्को सहरमा बस्नका लागि आफूहरू भाग्ने निर्णयमा पुगेको बताइन् ।

Advertisement
Advertisement

प्रहरीले ती शिक्षिकाको बयान अनुसार किशोरको स्वास्थ्य परीक्षण गराएको छ । यस क्रममा ती किशोर पिता बन्न सक्षम रहेको रिपोर्ट आएको प्रहरीको भनाइ छ । शिक्षिकाको गर्भमा रहेको शिशु र ती किशोरको डीएनए परीक्षण गरी थप कारबाही अघि बढाउने प्रहरीको तयारी छ । प्रहरीले आरोपित शिक्षिकाविरुद्ध नाबालिगको अपहरण सम्बन्धमा मुद्दा दर्ता गरेको छ ।

Advertisement

प्रहरी समक्ष बयान दिँदै ती किशोरले पनि आफूहरू प्रेम सम्बन्धमा रहेको बताएका छन् । ती शिक्षिकाले किशोरलाई ट्युसन पढाउने गर्थिन् । विगत एक वर्षदेखि आफूहरूबिच शारीरिक सम्बन्ध रहँदै आएको उनीहरूको भनाइ छ । आफू गर्भवती रहेको थाहा पाएपछि भने शिक्षिकाले कुनै नयाँ ठाउँमा गएर बस्ने योजना बमोजिम किशोरलाई लिएर हिँडेको बताइएको छ ।