Monday, July 27

उत्तरी गोवामा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ ।  उत्तरी गोवाको शिरगाउँस्थित लैराईदेवी मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु भएको छ।

Advertisement

शनिबार बिहान ४ देखि ५ बजेबीच एक्कासि भागदौड मच्चिँदा ६ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।

Advertisement
Advertisement

भागदौडमा ५० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय सामुदायिक अस्पतालहरूमा उपचारका लागि पठाइएको छ।

Advertisement

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले भागदौडमा १० जना गम्भीर घाइते भएको र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको बिबिसीलाई जानकारी दिएका छन्। लैराईदेवीमा शनिवार बिशेष मेला लागेको थियो। त्यसका लागि शुक्रबारदेखि नै गोवासहित महाराष्ट्र र कर्नाटकबाट हजारौं भक्तजन मन्दिर पुगेका थिए।हजारौंको संख्या उपस्थित भिडमा अचानक भागदौड मच्चिएपछि स्थिति नियन्त्रणबाहिर पुगेको त्यहाँको प्रहरीले जनाएको छ।

भागदौड मच्चिनुको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुले घटनाप्रति दुःख व्यक्त गरेका छन्।