Sunday, April 19

मुख्यमन्त्रीलाई नेकपा एसले बुझायो १६ पन्ने मागपत्र

नेपालअखबार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेकपा (एकीकृत समाजवादी) को प्रदेश कमिटीले १६ पन्ने माग पत्र बुझाएको छ ।

आइतबार कोशी प्रदेश कमिटी अध्यक्ष सरिता खड्काले विभिन्न मागसहित मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएकी हुन् ।

Advertisement

प्रदेशको बजेट निर्माणको तयारी भइरहेका बेला नेकपा एकीकृत समाजवादीले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभिन्न विषय समेटेर ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेशले सक्ने जति माग पूरा गर्ने प्रतिवद्धता जनाए । ज्ञापनपत्र बुझाउने क्रममा पूर्वमुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई पनि सहभागी थिए ।