Sunday, April 19

आजदेखि प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव पेस गर्ने र त्यसमा छलफल सुरु हुने कार्यसूची छ ।

Advertisement

त्यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने छ ।

राष्ट्रियसभामा भने सरकारको नीति तथा कार्यक्रम माथिको छलफल आइतबारबाटै सुरु भइसकेको छ । आज दिउँसो सवा एक बजे बस्ने राष्ट्रिय सभा बैठकमा पनि छलफल जारी रहने कार्यसूची छ ।