Monday, July 27

म्यानमारबाट उद्धार गरिएका १२ जना नेपाली नागरिक स्वदेश फिर्ता

नेपालअखबार,बैंकक । अनलाइन स्क्यामिङमा संलग्न गराइएका १२ जना नेपाली नागरिकलाई म्यानमारको मेवाडी क्षेत्रबाट उद्धार गरी स्वदेश फर्काइएको छ। नेपाली राजदूतावास, बैंककले थाइल्याण्ड सरकारको सहयोगमा ती नागरिकहरूको उद्धार गरेको हो।

Advertisement

राजदूतावासका अनुसार उद्धार गरिएका मध्ये एक जना महिला र ११ जना पुरुष रहेका छन्। उनीहरूलाई म्यानमारको मेवाडीबाट थाइल्याण्डको टाक इमिग्रेशन अफिस हुँदै बैंकक ल्याइ आज नेपाल पठाइएको हो।

Advertisement
Advertisement

हालका वर्षहरूमा दक्षिणपूर्वी एसियाका विभिन्न देशहरू— विशेषगरी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड—मार्फत नेपाली नागरिकहरू अनलाइन ठगी कार्यमा जबरजस्ती संलग्न गराउने गिरोह सक्रिय रहेका छन्।

Advertisement

राजदूतावासले सबै नेपालीलाई नेपाल सरकारले तोकेको प्रक्रिया अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ। छिटो र धेरै पैसा कमाउने लोभमा परी अवैधानिक रूपमा वैदेशिक रोजगारमा जान नहुने चेतावनी दिंदै राजदूतावासले आमसञ्चार माध्यम र नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गर्न सहयोग गर्न अनुरोध गरेको छ।